आहा रारा गोल्डकप : पुलिसलाई हराउँदै अफ्रिकन रुट्स फाइनलमा

काठमाडौं : कास्कीको पोखरामा जारी आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा अफ्रिकन रुट्स एसोसिएसन फाइनलमा पुगेको छ।
पोखरा रंगशालामा आज (बिहीबार) भएको दोस्रो सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिसलाई २–० ले हराउँदै अफ्रिकन रुट्स फाइनलमा पुगेको हो।
अफ्रिकन रुट्सका लागि बासेक र मौसाले १–१ गोल गरे। बासेकले खेलको तेस्रो मिनेट गोल गर्दा मौसाले इन्जुरी समयमा गोल गरे।
अब अफ्रिकन रुट्सले शनिबार संकटा क्लबसँग फाइनल खेल खेल्ने छ। यसअघि हिजो भएको पहिलो सेमिफाइनलमा संकटा विभागीय टाेली एपिएफ क्लबलाई हराउँदै फाइनल पुगेको थियो।
चैत २६, २०७७ बिहीबार २०:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।