एएफसी कप फुटबल : पहिलो हापमा आर्मीलाई २–१ को अग्रता 

एएफसी कप फुटबल : पहिलो हापमा आर्मीलाई २–१ को अग्रता 

काठमाडौं : एएफसी कप फुटबल २०२१ को प्लेअफमा नेपालको त्रिभुवन आर्मी क्लब र श्रीलंकाको पुलिस प्रतिष्पर्धा गरिरहेका छन्। 

खेलको पहिलो हाफ सकिँदा आर्मीले २–१ गोलको अग्रता लिएको छ। 

खेलको २८ औं मिनेटमा १ गोलले पछि परेको आर्मीले पहिलो हाफको अन्तिम समयमा लगातार दुई गोल गरेपछि खेलमा फर्किएको हो। आर्मीका लागि खेलको ४१ औं मिनेटमा सन्तोष तामाङ र ४३ औं मिनेटमा नवयुग श्रेष्ठले १–१ गोल गरेका छन्। 

त्यसअघि खेलको २८ औं मिनेटमा श्रीलंका पुलिसका लागि इभान्स असान्टेले १ गोल गरेका थिए। 
 

चैत २५, २०७७ बुधबार १८:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।