आहा रारा गोल्डकप : एपिएफलाई हराउँदै संकटा फाइनलमा

काठमाडौं : सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई पराजित गर्दै संकटा क्लब १९ औं संस्करणको आहा रारा गोल्डकपको फाइनलमा पुगेको छ।
पोखरा रंगशालामा आज (बुधबार) भएको पहिलो सेमिफाइनलमा संकटाले एपिएफलाई २–० गोल अन्तरले पराजित गर्यो।
संकटाको जितमा सुवास गुरुङ र ग्लोरीले १–१ गोल गरे। गुरुङले खेलको ३३ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाउँदा ग्लोरीले खेलको अन्तिम समयमा गोल गरेका थिए।
चैत २५, २०७७ बुधबार १७:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।