एएफसी कप प्लेअफ : श्रीलंका पुलिससँग प्रतिष्पर्धा गर्दै आर्मी 

एएफसी कप प्लेअफ : श्रीलंका पुलिससँग प्रतिष्पर्धा गर्दै आर्मी 
फाइल तस्बिर।

काठमाडौं : एएफसी कप २०२१ को प्लेअफमा त्रिभुवन आर्मी क्लबले श्रीलंका पुलिस स्पोर्ट्स क्लबसँग आज (बुधबार) प्रतिस्पर्धा गर्दै छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा केही बेरमा खेल सुरु हुँदै छ।

आर्मी जित निकाल्दै प्ले अफको दोस्रो चरणमा पुग्ने योजनामा छ। खेलअघि आयोजना गरिएको प्रि म्याच कन्फरेन्समा आर्मीका मुख्य प्रशिक्षक नविन न्यौपानेले श्रीलंकाको पुलिसलाई हराएर अर्को चरणमा पुग्ने योजना रहेको बताए। 

पहिलो खेलमा श्रीलंकाको पुलिसलाई हराएमा आर्मीले अप्रिल १४ मा भारतको बेंगलुरु फुटबल क्लबसँग दोस्रो खेल खेल्ने छ। उक्त खेलमा पनि बेंगलुरुलाई पराजित गरे आर्मीले अप्रिल २१ मा हुने प्लेअफको फाइनल खेल्ने छ।

उता श्रीलंका पुलिस पनि आर्मीलाई हराएर अर्को चरणमा पुग्ने योजनामा छ। खेलअघि आयोजना गरिएको प्रि म्याच कन्फरेन्समा श्रीलंका पुलिसका प्रशिक्षक झिलाउ अल्पेन्सुले टोलीमा तीनजना विदेशी खेलाडी रहेकाले नतिजा राम्रो आउनेमा आशावादी रहेको प्रतिक्रिया दिए। 

एएफसीको क्लब लाइसेन्स पाएपछि आर्मी पहिलो पटक एएफसीको प्रतियोगिता खेल्दै छ। 

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विजेता मछिन्द्र क्लबको एएफसीको क्लब लाइसेन्स नहुँदा उपविजेता आर्मीले प्रतियोगिता खेल्ने अवसर पाएको हो।
 

चैत २५, २०७७ बुधबार १७:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।