दाङमा सात दिने एन्फा रेफ्री कोर्स सुरु

काठमाडौं : दाङमा सात दिने एन्फा रेफ्री कोर्स आज (सोमबार)बाट सुरु भएको छ।
कोर्समा बाँके, बर्दिया, नवलपुर, परासी, पाल्पा, रूपन्देही, कपिलवस्तु र दाङका २५ जनाको सहभागिता रहेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ।
कोर्सको उद्घाटन घोराही उपमहानगरपालिकाका प्रमुख (मेयर) नारूलाल चौधरीले गरे।
कोर्समा बुद्धिबहादुर गुरुङ र लव खत्री प्राविधिक प्रशिक्षण दिने छन् भने शैलेष जोशीले फिटनेस प्रशिक्षण दिने छन्। यस्तै, कोर्समा समन्वयकर्ताको भूमिका रोजेन श्रेष्ठले गरिरहेका छन्।
कोर्स चैत २९ गतेसम्म सञ्चालन हुने छ।
चैत २३, २०७७ सोमबार १६:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।