नेप्सेको प्रि ओपनिङ सेसन २६ अङ्कले बढ्यो

काठमाडौँ : नेपाल स्टक एक्सचेन्ज नेप्सेको प्रि ओपनिङ सेसनमा सेयर बजार २६ अङ्कले बढेको छ। सुरुको १५ मिनेटको कारोबारमा सेयर बजार २६.४८ अङ्कले बढेको हो।
सेयर बजारमा ६७ कम्पनीका सेयर किनबेच भएका छन्। २५९ पटक २२ हजार ४०८ कित्ता सेयर किनबेच हुँदा १ करोड ६६ लाख १८ हजार रुपैयाँको कारोबार भएको छ।
सेयर बजार हिजो ४३ अङ्कले बढेको थियो। २०९ कम्पनीका १ करोड १२ लाख ८१ हजार ७६६ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब १६ करोड ६९ लाख रुपैयाँको कारोबार भएको थियो।
चैत १९, २०७७ बिहीबार ११:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।