हुन्डाई नयाँ वर्ष २०७८ योजना सार्वजनिक

काठमाडौँ : हुन्डाईका लागि नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले नयाँ वर्ष योजना सार्वजनिक गरेको छ। “यो नयाँ वर्ष २०७८, हुन्डाई चढौँ अघि बढौँ” भन्ने नारा सहित नयाँ योजना सार्वजनिक गरेको लक्ष्मी इन्टरकन्टिनेन्टलले जनाएको छ।
यो योजना अन्तर्गत हुन्डाई खरिदमा नगद छुट, स्क्रयाच कार्ड मार्फत २० हजारदेखि ७८ हजार रुपैयाँसम्मको अतिरिक्त छुट पाइनेछ। यस्तै १५ हजार बराबरको लोयल्टी बोनस, १ लाखसम्मको एक्सचेन्ज बोनस तथा १ वर्षको बिमा सुविधा प्राप्त गर्न सकिने लक्ष्मी इन्टरकन्टिनेन्टलले जनाएको छ।
लक्ष्मी इन्टरकन्टीनेन्टल प्रा. लि.ले नेपाल भरी १३ शोरुम तथा १७ सर्भिस सेन्टरहरू मार्फत ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको बताएको छ।
चैत १९, २०७७ बिहीबार १०:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।