एमाले कर्णाली प्रदेशको अध्यक्षमा गोरख बोगटी नियुक्त 

एमाले कर्णाली प्रदेशको अध्यक्षमा गोरख बोगटी नियुक्त 

सुर्खेत : नेकपा एमाले कर्णाली प्रदेश कमिटीको अध्यक्षमा गोरख बोगटी नियुक्त भएका छन्। 

एमाले केन्द्रीय कमिटी बैठकले बोगटीलाई प्रदेश कमिटी अध्यक्षमा नियुक्त गरेकाे हाे। 

यस्तै, प्रदेश सहइञ्चार्जमा प्रदेश सांसद् गुलावजंग शाह र पूर्वसभासद् लक्ष्मी पोखरेललाई नियुक्त गरिएको प्रदेश इञ्चार्ज एवं एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले जानकारी दिए। 

यसैगरी, प्रदेश सचिवमा नेकपा माओवादी केन्द्रबाट आएका प्रदेश सांसद् धर्मराज रेग्मी नियुक्त भएका छन्। उनी साविकको नेपाल कम्युनिस्ट पार्टी (ने क पा) छँदै पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूह छाडेर ओली समूहमा प्रवेश गरेका थिए। 

प्रदेश कमिटीमा नियुक्त भएका सबै ओली समूहका हुन्। 


 

चैत १७, २०७७ मंगलबार १८:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।