‘ग्लोबल मनी विक’मा सिभिल बैंकको वित्तीय साक्षरता

प्रदेश २ को जनकपुरमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै सिभिल बैंक।
काठमाडौं : सिभिल बैंकले ‘ग्लोबल मनी विक’मा वित्तीय साक्षरता अभियान सम्पन्न गरेको छ।
बैंकले यही मार्च २२ देखि २८ सम्म अभियान गरेको हो। सो अवसरमा देशभरका सात वटै प्रदेशमा साक्षरता अभियान सञ्चालन गरिएको बैंकले जनाएको छ।
बैंकका अनुसार प्रदेश १ को विराटनगर, प्रदेश २ को जनकपुर, बाग्मतीको धुलिखेलमा, लुम्बिनीको बुटवल र तुलसीपुरमा, कर्णालीको वीरेन्द्रनगरमा र सुदूरपश्चिम प्रदेशको धनगढी, बन्नीगढ, लम्कीचुहा तथा भजनीमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरिएको थियो।
चैत १७, २०७७ मंगलबार १७:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।