नेपालले जित्यो थ्री नेसन्स कपको उपाधि
काठमाडौं : नेपालले थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज (सोमबार) सम्पन्न खेलमा नेपालले बंगलादेशलाई २–१ ले हराउँदै उपाधि जितेको हो।
उपाधिसँगै नेपालले पाँच हजार अमेरिकी डलर पुरस्कार जित्दा उपविजेता बंगलादेशले तीन हजार डलर पुरस्कार पाएको छ।
नेपालका तर्फबाट खेलको १८ औं मिनेटमा संजोक राई र ४२ औं मिनेटमा विशाल राई ‘बी’ले १–१ गोल गरे।
बंगलादेशका महबुबुर रहमानले खेलको ८३ औं मिनेटमा १ गोल फर्काए।
यही चैत १० गते सुरु भएको प्रतियोगितामा नेपाल, बंगलादेशसहित किर्गिस्तान यु–२३ टोली सहभागी थिए।
चैत १६, २०७७ सोमबार २०:१२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।