थ्री नेसन्स कप फुटबल : पहिलो हाफमा नेपाललाई २–० को अग्रता
काठमाडौं : थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधिका लागि नेपालले बंगलादेशसँग प्रतिष्पर्धा गरिरहेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिँदा नेपालले २–० को अग्रता बनाएको छ।
नेपालका लागि खेलको १८ औं मिनेटमा संजोक राईले गोल गर्दै १–० को अग्रता दिलाए। यस्तै, खेलको ४२ औं मिनेटमा विशाल राईले गोल गरेपछि टोलीको अग्रता २–० भयो।
यससँगै नेपालले गोलको खडेरी पनि अन्त्य गरेको छ। पछिल्ला सात खेलमा नेपालले गोल गर्न सकेको थिएन।
चैत १६, २०७७ सोमबार १९:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।