नेपालले उपाधिका लागि बंगलादेशसँग प्रतिष्पर्धा गर्दै
काठमाडौं : थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा नेपालले उपाधिका लागि बंगलादेशसँग प्रतिष्पर्धा गरिरहेको छ।
काठमाडौंको दशरथ रंगशालामा केही बेरअघि खेल सुरु भएको हो।
नेपालको टोलीमा गोलकिपर किरणकुमार लिम्बु, डिफेन्डरहरूमा रञ्जीत तामाङ, रोहित चन्द, अनन्त तामाङ र दिनेश राजवंशी छन्। यस्तै, मिड फिल्डहरूमा त्रिदेव गुरुङ, तेज तामाङ, सञ्जोग राई र फरवार्डहरूमा अञ्जन विष्ट, विशाल राई र सुनिल बल छन्।
यसअघि लिग चरणको अन्तिम खेलमा यी दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए।
जारी प्रतियोतिगामा नेपाल लिग चरणमा दोस्रो हुँदै फाइनल पुग्दा बंगलादेशले लिग चरणमा शीर्ष स्थानमा रहँदै अन्तिम दुईमा स्थान बनाएको हो।
नेपालले लिग चरणका दुवै खेलमा बराबरी खेलेको थियो। बंगलादेशले भने एकमा जित र एकमा बराबरी खेलेको थियो।
चैत १६, २०७७ सोमबार १७:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।