नेपाल थ्री नेसन्स कपको फाइनलमा, बंगलादेशसँग उपाधिका लागि भिड्ने 

नेपाल थ्री नेसन्स कपको फाइनलमा, बंगलादेशसँग उपाधिका लागि भिड्ने 
तस्बिर : एन्फा।

काठमाडौं : नेपाल बंगलादेशसँग बराबरी खेल्दै थ्री नेसन्स कपको फाइनलमा पुगेको छ। 

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज (शनिबार) भएको खेलमा नेपालले बंगलादेशसँग गोलरहित बराबरी खेल्यो। बराबरीसँगै नेपाल लिग चरणमा दोस्रो हुँदै प्रतियोगिताको फाइनलमा पुगेको हो। 

नेपाले अब आगामी सोमबार बंगलादेशसँग फाइनल खेल्ने छ। 

बंगलादेश गत बिहीबार फाइनल पुगेको थियो। नेपाल र किर्गिस्तानको यु–२३ टोलीले बराबरी खेलेपछि बंगलादेश फाइनल पुगेको थियो। 

प्रतियोगिताको अंकतालिकामा बंगलादेश ४ अंकसहित शीर्ष स्थानमा छ। बंगलादेशले जारी प्रतियोगितामा १ खेलमा जित हासिल गर्दा १ मा बराबरी खेलेको छ। उसले प्रतियोगिताको पहिलो खेलमा किर्गिस्तानको यु–२३ टोलीलाई १–० गोलले पराजित गरेको थियो। 

नेपाल भने २ अंकसहित प्रतियोगिताको अंकतालिकामा दोस्रो स्थानमा छ। उसले जारी प्रतियोगिताका दुई वटै खेल गोलरहित बराबरी खेल्यो। 
किर्गिस्तान भने १ अंकसहित अंकतालिकाको पुछारमा छ।

चैत १४, २०७७ शनिबार २१:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।