सुनको भाउ तोलामा ६ सय रुपैयाँले घट्यो

काठमाडौँ : सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको छ। छापावाल सुन हिजोको भन्दा ६ सय रुपैयाँले घटेर ८६ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
छापावाल सुन हिजो ८६ हजार ९ सय रुपैयाँमा किनबेच भएको थियो।
यस्तै तेजाबी सुनको भाउ तोलाको ८५ हजार ८५० रुपैयाँ कायम भएको छ। यस्तै चाँदीको भाउ तोलाको १२३० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ।
चैत १३, २०७७ शुक्रबार ११:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।