किर्गिस्तानसँग बराबरीमै राेकियाे नेपाल

किर्गिस्तानसँग बराबरीमै राेकियाे नेपाल

काठमाडौं : थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा नेपाल किर्गिस्तानको यु–२३ टोलीसँग बराबरीमै रोकिएको छ। 

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज (बिहीबार) सम्पन्न खेलमा नेपाल किर्गिस्तानको यु–२३ टोलीसँग बराबरीमा रोकिएको हो। 

बराबरीसँगै नेपालले १ खेलबाट १ अंक बटुलेको छ। नेपाल गोलअन्तरका आधारमा अंकतालिकाको दोस्रो स्थानमा छ।

अंकतालिकामा बंगलादेश ३ अंकसहित शीर्ष स्थानमा छ। ऊ प्रतियोगिताको फाइनलमा समेत पुगिसकेको छ। 

किर्गिस्तानको यु–२३ टोली १ अंकसहित अंकतालिकाको पुछारमा छ। नेपालसँग समान अंक भए पनि ऊ गोलअन्तरका आधारमा अंकतालिकाको पुछारमा रहेको हो। उसको गोलअन्तर १ छ भने नेपालको ० छ।

यसअघि आफ्नो पहिलो खेलमा किर्गिस्तानको यु–२३ टोली बंगलादेशसँग ०–१ ले पराजित भएको थियो।

राउन्ड रोबिनका आधारमा खेलाइएको प्रतियोगितामा लिग चरणअन्तर्गतको अन्तिम खेलमा नेपाल र बंगलादेश आगामी शनिबार भिड्दै छन्। 

प्रतियोगिताको शीर्ष दुई टोली फाइनल पुग्ने छन्। 

चैत १२, २०७७ बिहीबार २०:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।