सुन तोलामा २ सय रुपैयाँले बढ्यो

सुन तोलामा २ सय रुपैयाँले बढ्यो

काठमाडौँ : सुनको भाउ तोलामा २ सय रुपैयाँले बढेको छ। छापावाल सुनको मूल्य हिजोको भाउमा तोलामा २ सय रुपैयाँले बढेको हो। 

सुन तोलाको ८६ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यस्तै तेजाबी सुनको मूल्य पनि हिजोको भन्दा २ सय रुपैयाँले बढेर ८६ हजार ४५० रुपैयाँ कायम भएको छ। 

चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ। चाँदीको भाउ आजका लागि १२३० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ।

चैत १२, २०७७ बिहीबार ११:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।