नेप्सेको प्रि ओपनिङ सेसनमा ७१ लाखको कारोबार

नेप्सेको प्रि ओपनिङ सेसनमा ७१ लाखको कारोबार

काठमाडौँ : नेपाल स्टक एक्सचेन्ज नेप्सेको प्रि ओपनिङ सेसनमा सेयर बजार १४ अङ्कले बढेको छ।

सुरुको १५ मिनेट सेयर कारोबार हुँदा नेप्से १४.५४ अङ्कले बढेको हो। ४८ कम्पनीका सेयर २०३ पटक किनबेच भएको एक्सचेन्जले जनाएको छ।

८ हजार ८८४ कित्ता सेयर किनबेच हुँदा ७१ लाख १ हजार ४२० रुपैयाँको कारोबार भएको छ। 

चैत १२, २०७७ बिहीबार ११:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।