८ महिनामा २२ प्रतिशत मात्रै पुँजीगत खर्च

८ महिनामा २२ प्रतिशत मात्रै पुँजीगत खर्च

काठमाडौँ : सरकारले चैत ११ गते हिजोसम्म ६ खर्ब ४१ अर्ब रुपैयाँ राजश्व सङ्कलन गरेको जनाएको छ।

चालु आर्थिक वर्षमा १० खर्ब ११ अर्ब रुपैयाँ राजश्व सङ्कलन गर्ने लक्ष्य राखेको सरकारले हिजोसम्म ६ खर्ब ४१ अर्ब सङ्कलन भइसकेको जनाएको हो।

वार्षिक लक्ष्यको तुलनामा आठ महिनामा ५९.६९ प्रतिशत राजश्व असुली भएको अर्थ मन्त्रालयले जनाएको छ। चालु खर्च ४८.१८ प्रतिशत गरेको सरकारको पुँजीगत खर्च भने ८ महिनामा २२.४४ प्रतिशतमा सीमित भएको छ। 

अर्थ मन्त्रालयका अनुसार चालुतर्फ ४ खर्ब ५५ अर्ब रुपैयाँ र पुँजीगततर्फ ७९ अर्ब ८७ करोड रुपैयाँ मात्रै खर्च भएको छ। 

चैत १२, २०७७ बिहीबार ०९:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।