सूर्यविनायक हरित कृषि थोक बजार सञ्चालन

सूर्यविनायक हरित कृषि थोक बजार सञ्चालन

सूर्यविनायक नगरपालिका वडा नं ८ आदर्श सिपाडोल क्षेत्र सूर्यविनायकमा कृषि थोक बजार खुलेको हो। २०७५ साल फागुनदेखि निर्माण सुरु भएको बजार बल्ल सञ्चालनमा ल्याइएको हो।

३५ रोपनी क्षेत्रफलमा फैलिएको कृषि बजार प्रवेश गर्ने प्रवेशद्वार र बाहिर निस्कनका लागि छुटाछुटै दुई वटा प्रवेशद्वारको व्यवस्था गरिएको छ।

सूर्यविनायक हरित कृषि थोक बजारका अध्यक्ष राकेश प्रसाईँले ३२ करोडको लगानीमा व्यवस्थित कृषि बजार सञ्चालनमा ल्याएको जानकारी दिए। 

बजारभित्र साढे सात सय स्टलहरू रहेका छन्। बजार प्रत्येक दिन बिहान दुई बजेदेखि बेलुकी आठ बजेसम्म खुल्ला रहने छ। 

चैत ११, २०७७ बुधबार ११:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।