थ्री नेसन्स कप फुटबल सुरु, उद्घाटन खेलमा बंगलादेश विजयी

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रतियोगिता सुरु भएको हो।
प्रतियोगिताको उद्घाटन खेलमा बंगलादेशले किर्गिस्तानको यु–२३ टोलीलाई १–० ले पराजित गर्याे।
किर्गिस्तानको कुमारवज उलु बैमानले खेलको ३० औं मिनेटमा गरेको आत्मघाती गोल नै बंगलादेशको जितका लागि निर्णायक बन्यो।
०–१ ले पछि परेको किर्गिस्तानले इन्जुरी समयमा गोलको अवसर पाए पनि त्यसलाई गोलमा परिणत गर्न सकेन।
जितसँगै बंगलादेशले ३ अंक जोडेको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा भइरहेको प्रतियोगितामा नेपाल, बंगलादेश र किर्गिस्तान सहभागी छन्।
प्रतियोगिताअन्तर्गत नेपालले आफ्नो पहिलो खेल बिहीबार किर्गिस्तानसँग खेल्ने छ। नेपालले आफ्नो दोस्रो खेल यही चैत १४ गते बंगलादेशसँग खेल्ने छ।
प्रतियोगिता राउण्ड रोबिनको आधारमा सञ्चालन हुने छ। प्रतियोगिताको शीर्ष दुई टोली फाइनल खेल्ने छन्। फाइनल खेल चैत १६ गते हुने एन्फाले जनाएको छ।
चैत १०, २०७७ मंगलबार २०:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।