ललितपुर मेयर कप क्रिकेटको खेल तालिका सार्वजनिक, उद्घाटनमा एपीएफ र प्रदेश–१ भिड्ने

ललितपुर मेयर कप क्रिकेटको खेल तालिका सार्वजनिक, उद्घाटनमा एपीएफ र प्रदेश–१ भिड्ने

काठमाडौं : यही चैत २१ देखि सुरु हुन लागेको पहिलो संस्करणको ललितपुर मेयर कप महिला क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ। 

नेपाल क्रिकेट संघ (क्यान)ले प्रतियोगिताको खेल तालिका आज (सोमबार) सार्वजनिक गरेको हो। 

प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टोली एपिएफ क्लब र प्रदेश–१ प्रतिष्पर्धा गर्ने छन्। यी दुवै टोलीबीचको खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ। 

प्रतियोगितामा यी दुई टोलीका अलावा सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश र ललितपुर मेयर–११ टोली सहभागी छन्। 

खेल तालिका

प्रतियोगितामा शीर्ष दुई टोली फाइनल पुग्ने छन्। फाइनल खेल चैत २८ गते हुने छ।  

राउण्ड रोबिनको आधारमा सञ्चालन हुने प्रतियोगिता टी–ट्वान्टी फर्म्याटमा सञ्चालन हुने छ। 


 

चैत ९, २०७७ सोमबार १७:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।