सिभिल बैङ्कले सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम गर्दै 

सिभिल बैङ्कले सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम गर्दै 

बैङ्कले सार्वजनिक गरेको कार्यक्रम अनुसार चैत्र ९ मा प्रदेश १, चैत्र १० मा प्रदेश २, चैत्र ११ मा बागमती प्रदेश, चैत्र १२ मा गण्डकी प्रदेश, चैत्र १३ मा लुम्बिनी प्रदेश, चैत्र १४ मा कर्णाली प्रदेश र चैत्र १५ मा सुदूर पश्चिममा कार्यक्रम हुँदै छ।

वित्तीय साक्षरता कार्यक्रममा बैङ्कले अहिलेको डिजिटल युगमा विभिन्न विद्युतीय कारोबारको सुरक्षित प्रयोगबारे श्रव्य–दृश्य सामाग्री सहितको प्रस्तुति गरिने बैङ्कले जनाएको छ। 

साथै  बैङ्कले आफ्नो सामाजिक संजालमार्फत सात प्रमुख विद्युतिय माध्यम (मोबाइल एप, क्यू आर कोड, एटिएम, इन्टरनेट बैंकिंग,कनेक्ट आइपियस, पिओयस र डिजिटल वालेट)बारे समेत चेतनामूलक सामाग्री प्रसारण गर्ने बैङ्कले जानकारी दिएको छ।

चैत ८, २०७७ आइतबार २०:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।