एमाले विवादमा नयाँ मोड: माधव नेपालसहित पाँच जनालाई स्पष्टीकरण सोध्ने निर्णय

एमाले विवादमा नयाँ मोड: माधव नेपालसहित पाँच जनालाई स्पष्टीकरण सोध्ने निर्णय

काठमाडौँ : एमाले पार्टी अध्यक्ष केपी ओली निकट केन्द्रीय कमिटीका सदस्यको बैठकले माधव नेपाल सहित पाँच नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।




प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले  वरिष्ठ नेता माधव नेपाल,उपाध्यक्ष भीम रावल, नेता सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको एक नेताले बताए।

उनीहरूमाथि पार्टी हितविरुद्ध काम गरेको आरोप लगाइएको छ। माधव समूहमै सक्रिय भए पनि झलनाथ खनाल, योगेश भट्टराई लगायत नेता भने प्रष्टीकरणबाट जोगिएका छन्।

४० बढी सांसद र केन्द्रीय तहका नेता ओलीको विपक्षमा रहे पनि केही नेतालाई मात्र स्पष्टीकरण सोध्ने निर्णय भएकाले ओलीले तर्साउने नीति लिएको देखिन्छ।
 

चैत ७, २०७७ शनिबार १७:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।