ओली निकट सांसदको बैठकमा बामदेवको प्रवेश

ओली निकट सांसदको बैठकमा बामदेवको प्रवेश

काठमाडौँ :प्रधानमन्त्री केपी ओलीले बोलाएको संसदीय दलको बैठकमा बामदेव गौतम पुगेका छन्। नेकपाबाट एमाले ब्युँतिएपछि पार्टीमा ओली र खनाल-नेपाल समूह ब्युँतिएपछि उनी कतै नलाग्ने दाबी गर्दै पार्टी सुदृढीकरण अभियान सुरु गरेका थिए।

ओलीले सरकारी निवासमा संसदीय दलको बैठक राखेपछि खनाल-नेपाल समूहले पनि सिंहदरबारमा आफ्नो समूहका सांसदको बैठक राखेका छन्। तर गौतम बालुवाटार पुगेका छन्।
उनको श्रीमती पहिल्यैबाट ओली समूहमै थिइन्। 

चैत ७, २०७७ शनिबार १२:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।