धनगढीको कृषि उपज हाट बजारमा क्युआर कोड वितरण

धनगढी : सिभिल बैङ्कले नगदरहित अभियानलाई निरन्तरता दिँदै धनगढीको दैनिक कृषि उपज हाट बजारका विभिन्न व्यापारीहरूलाई क्युआर कोड वितरण गरेको छ।
बजारका विभिन्न व्यापारीहरूलाई सिभिल बैङ्कको क्युआर कोड वितरण गरी नगदरहित अभियानलाई प्रोत्साहन गरेको बैङ्कले जनाएको छ।
कोड वितरण कार्यक्रममा नेपाल राष्ट्र बैङ्क धनगढीका प्रमुख निर्देशक सुवास चन्द्र घिमिरेले छपाई गर्दा खर्च हुने तथा बिदेसिने मुद्रा बचाउन र सबै नेपालीको बैङ्क खाता भन्ने अभियानलाई समेत आत्मसात् गर्न पनि नगदरहित अभियान अपरिहार्य भएको बताए। नगदरहित अभियानलाई प्रभावकारी बनाउन क्युआर कोडलाई सर्वव्यापी रूपमा लैजानु पर्ने उनको भनाई थियो।
बैङ्कले आफ्नो ग्राहकहरूलाई क्युआर कोडको प्रयोग गरी विद्युतीय प्रणाली मार्फत विभिन्न किसिमका नगद रहित भुक्तानी सेवा उपयोग गर्न प्रोत्साहन गर्दै आएको बैङ्कका सुदूरपश्चिम प्रदेशका प्रमुख दीपक जोशीले बताए।
चैत ५, २०७७ बिहीबार १२:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।