राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको रूपमा घोषणा गर्नुपर्छ : होटेल सङ्घ

बर्दिया : होटेल सङ्घ नेपालको १६ औँ शाखाको रूपमा क्षेत्रीय होटेल सङ्घ बर्दिया गठन भएको छ। सङ्घको बर्दिया बसेको कार्य समिति बैठकले बर्दियाका अध्यक्ष मोहन चौधरीलाई आबद्धताको प्रमाणपत्र हस्तान्तरण गरेको छ।
होटेल सङ्घ नेपालकी केन्द्रीय अध्यक्ष सृजना राणाले होटेल उद्योगलाई डिमान्ड चार्ज छुट उपलब्ध गराउन गरिएको प्रयासमा राज्य सकारात्मक बनेको बताइन्। सरकारले डिमान्ड चार्जसम्बन्धी छुट दिएको उनले बताइन। आन्तरिक पर्यटनलाई बढावा दिने उद्देश्यले सङ्घले सात वटै प्रदेशमा अन्तरक्रिया आयोजना गर्ने राणाले जानकारी दिइन।
उनले होटेलका ढोका खोलिए पनि व्यवहारमा प्राय होटेलहरु बन्द रहेको बताइन। होटेल उद्योगलाई कानुनी तवरबाटै राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको रूपमा घोषणा गरी कार्यान्वयनमा ल्याइनु पर्ने तर्फ होटेल सङ्घ नेपाल लागिपरेको अध्यक्ष राणाको भनाई छ।
नेपालगन्ज उपमहानगरपालिकाका नगरप्रमुख धवल समसेर राणाले यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा नगरपालिकाबाट आवश्यक सहयोग हुने बताए।
चैत ५, २०७७ बिहीबार ११:३५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।