नेप्सेको प्रि ओपनिङ सेसन १६ अङ्कले बढ्यो

काठमाडौँ : नेपाल स्टक एक्सचेन्ज नेप्सेको प्रि ओपनिङ सेसनमा सेयर बजार १६ अङ्कले बढेको छ। सुरुको १५ मिनेटको कारोबार १६.५८ अङ्कले बढेको हो।
४७ कम्पनीका ७ हजार ६५५ कित्ता सेयर २३ लाख ३४ हजार ६ सय रुपैयाँको कारोबार भएको छ।
नेप्से हिजो ४० अङ्कले बढेको थियो भने ३ अर्ब ३७ करोड ४५ लाख ५२ हजार रुपैयाँको सेयर कारोबार भएको थियो।
चैत ५, २०७७ बिहीबार ११:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।