एमाले खनाल–नेपाल समूहको कार्यकर्ता भेलामा जे देखियो [फोटो फिचर]

एमाले खनाल–नेपाल समूहको कार्यकर्ता भेलामा जे देखियो [फोटो फिचर]
तस्बिर : कृष्पा श्रेष्ठ ।

काठमाडौं- नेकपा एमाले खनाल-नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेला यतिबेला सानेपास्थित हेरिटेज गार्डेनमा भइरहेको छ।

भेलाको अध्यक्षता वरिष्ठ नेता झलनाथ खनालले गरेका छन्। माधवकुमार नेपाल विशेष अतिथि रहेको सो भेलामा पुराना कम्युनिस्ट नेता सिद्धिलाल सिंह पनि सहभागी भएका छन्।

भेलामा देशैभरिबाट आएका नेता तथा कार्यकर्ताहरुको जमघट  छ।

गत २८ फागुनमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटी हेरफेर र मनोनयन गरेपछि पार्टीमा नेपाल–खनाल समूहले चरम असन्तुष्टि जनाउँदै आएको छ।

अध्यक्ष ओलीले वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल लगायतलाई सहभागी नगराई बालुवाटारमा पार्टीको विशेष बैठक राखेर केन्द्रीय कमिटीमा हेरफेर र मनोनयन गरेका थिए।

 

चैत ४, २०७७ बुधबार १३:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।