नेप्सेको प्रि ओपनिङ सेसनमा २३ लाखको कारोबार

नेप्सेको प्रि ओपनिङ सेसनमा २३ लाखको कारोबार

काठमाडौँ : नेपाल स्टक एक्सचेन्ज नेप्सेको प्रि ओपनिङ सेसन ७ अङ्कले बढेको छ। सुरुको १५ मिनेटको सेयर कारोबार ७.४७ अङ्कले बढेको हो। 

३९ कम्पनीका सेयर १५० पटक किनबेच भएका स्टक एक्सचेन्जले जनाएको छ। ५ हजार ७०३ कित्ता सेयर किनबेच हुँदा २३ लाख २५ हजार रुपैयाँको कारोबार भएको छ। 

नेप्से हिजो २.५६ अङ्कले बढेको थियो। २१६ कम्पनीका ९० लाख १२ हजार कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ३७ करोड ५६ लाख ९९ हजार रुपैयाँको कारोबार भएको थियो। 

 

चैत ४, २०७७ बुधबार ११:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।