सुन तोलाको ८६ हजार ६ सय रुपैयाँ

काठमाडौँ : सुनको भाउ तोलाको ८६ हजार ६ सय रुपैयाँ कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले छापावाल सुनको मूल्य तोलाको ८६ हजार ६ सय रुपैयाँ तोकेको हो।
तेजाबी सुनको मूल्य ८६ हजार १५० रुपैयाँ कायम भएको छ। चैत १ गतेदेखि सुनको भाउ ८६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको भाउ भने दिनमा ५ रुपैयाँले बढेको छ।
यस्तै चाँदीको भाउ १२८० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ। चैत १ गते चाँदीको भाउ तोलाको १२७० रुपैयाँमा कारोबार भएको थियो।
चैत ३, २०७७ मंगलबार ११:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।