नेप्सेको प्रि ओपनिङ सेसन झन्डै ११ अङ्कले बढ्यो

काठमाडौँ : नेपाल स्टक एक्सचेन्ज नेप्सेको प्रि ओपनिङ सेसन झन्डै ११ अङ्कले बढेको छ। सुरुको १५ मिनेटको कारोबारमा नेप्से १०.८६ अङ्कले बढेको हो।
सुरुको कारोबारमा आएका ३० कम्पनीका ५ हजार १७४ कित्ता सेयर किनबेच हुँदा २० लाख २० हजार रुपैयाँको कारोबार भएको छ। प्रि ओपनिङ सेसनमा सेयर बजार बढेपनि दोस्रो कारोबारमा घट्ने बढ्ने भइरहन्छ।
नेप्से हिजो १८ अङ्कले घटेको थियो। २१२ कम्पनीका ९६ लाख ४ हजार ५२९ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २४ करोड ८४ लाख २४ हजार रुपैयाँको कारोबार भएको थियो।
चैत ३, २०७७ मंगलबार १०:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।