‘सी’ डिभिजन फुटबल : महावीरविरुद्ध मनोहरालाई सफलता 

‘सी’ डिभिजन फुटबल : महावीरविरुद्ध मनोहरालाई सफलता 

काठमाडौं : ‘सी’ डिभिजन लिग फुटबलमा मनोहरा युनाइटेड क्लबले विजयी सुरुवात गरेको छ। 

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज (सोमबार) भएको दोस्रो खेलमा मनोहराले महावीर क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्याे। 

मनोहरालाई जित दिलाउन ओमप्रकाश सिंह, विनय खड्का र सुनिल लामाले १–१ गोल गरे। ओमप्रकाशले १९ औं, विनयले २२ औं र सुनिलले ८७ औं मिनेटमा गोल गरेका थिए। 

यस्तै, महावीरका तर्फबाट राम ढकाल र रोमन तामाङले गोल गरे। रामले २७ औं र रोमनले ८१ औं मिनेटमा गोल गरेका थिए। 

जितसँगै मनोहराले लिगको अंकतालिकामा ३ अंक जोडेको छ। 

आज भएको पहिलो खेलमा वीरगन्ज युनाइटेड क्लबले सानेपा क्लबलाई ३–२ ले पराजित गरेको थियो। 

चैत २, २०७७ सोमबार २१:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।