रोकिएन सेयर बजारको ओरालो यात्रा, सोमबार १८ अङ्कले घट्यो

काठमाडौँ : रेकर्ड बनाउने गरी आकासिएको सेयर बजारले जब ओरालो यात्रा लियो रोकिने लक्षण देखिएको छैन। सोमबार पनि नेप्से परिसूचक १८ दशमलव ०७ अङ्कले घटेर बन्द भयो।
सोमबार ट्रेडिङ, होटेल, जलविद्युत्, म्यानुफ्याक्चरिङ, म्युचल फन्ड र इन्भेस्टमेन्टबाहेक सबै समूहका परिसूचक घटे। विकास बैङ्क, हाइड्रोपावर, फाइनान्स सबैको सेयर मूल्य घट्यो।
बैङ्किङ समूह १ दशमलव ०१ प्रतिशतले घटेको छ। निर्जीवन बिमा समूहमा १ दशमलव ६ प्रतिशतले घट्यो।
कारोबारमा आएका मध्ये चन्द्रागिरि हिल्स, घलेम्दी हाइड्रो, पञ्चकन्यामाई हाइड्रो र आंखु खोला जलविद्युत् कम्पनीको सेयर मूल्य बढेको छ।
सबैभन्दा बढी कारोबार नेपाल इन्फ्रास्ट्रक्चर बैङ्क (निफ्रा)को भयो। सोमबार चार अर्ब २४ करोड रुपैयाँको कुल कारोबार भएको छ ।
चैत २, २०७७ सोमबार १५:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।