‘सी’ डिभिजनमा वीरगन्जकाे विजयी सुरुवात

काठमाडौं : ‘सी’ डिभिजन लिग फुटबलमा वीरगन्ज युनाइटेडले विजयी सुरुवात गरेको छ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज (सोमबार) सम्पन्न खेलमा वीरगन्ज युनाइटेडले सानेपा क्लबलाई ३–२ ले पराजित गरेको हो।
वीरगन्जका लागि विवेक चौधरी, संजय चौधरी र आशालाल कुँवरले १–१ गोल गरे। यस्तै, सानेपाका उज्वल लामा र करण तामाङले समान १ गोल गरे।
जितसँगै वीरगन्जले ३ अंक जाेडेकाे छ।
चैत २, २०७७ सोमबार १४:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।