ओपो एफ १९ प्रो भोलि सार्वजनिक हुँदै

काठमाडौँ : ओपोले आफ्नो नयाँ स्मार्टफोन ओपो एफ १९ प्रो भोलि सार्वजनिक गर्ने भएको छ।
कम्पनीले चैत्र ३ गते भोलि आफ्ना सामाजिक सञ्जालका प्ल्याटफर्म (फेसबुक र युट्युब) मार्फत आयोजना गरिने अनलाइन लन्च इभेन्ट मार्फत एफ १९ प्रो सार्वजनिक हुने जानकारी दिएको हो।
लाइभलञ्च इभेन्टमा नेपाली मनोरञ्जन जगतका चर्चित हस्तिहरू, ओपोका ब्रान्ड फ्रेन्ड तथा नायिका स्वस्तिमा खड्का, गायिका/गीत लेखिका तथा रचनाकार तृष्णा गुरुङ र पारम्परिक नेपाली लोक वाद्यवादन उपकरण ईन्सेम्बल कुटुम्ब ब्यान्ड लगायतको उपस्थिति रहने कम्पनीले जनाएको छ।
एफ १९ प्रोमा ४८ एमपी मेन क्यामेरा सहितको क्वाड क्यामेरा सेटअप उपलब्ध हुने कम्पनीले जनाएको छ।
फोनमा ३२ एमपी फ्रण्ट(फेसिङ क्यामेराको प्रयोग गरिएको छ। उत्कृष्ट भिडियोका लागि हार्डवेयरका साथै सफ्टवेयर र पोस्ट प्रोसेसिङका लागि समेत फोनमा कम्पनीले विशेष व्यवस्था गरेको कम्पनीले जनाएको छ।
एफ १९ प्रोमा लामो समय सम्म टिक्ने ४३१० एमएएच क्षमताको ब्याट्री जडान गरिएको छ।
चैत २, २०७७ सोमबार १४:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।