सेयर बजारलाई चैतको पहिलो दिन फापेन 

सेयर बजारलाई चैतको पहिलो दिन फापेन 

काठमाडौँ : होटेल तथा पर्यटन र हाइड्रोपावर बाहेकका सबै समूहको मूल्य घट्दा सेयर बजार ५१ अङ्कले ओरालो लागेको छ। चैत महिनाको पहिलो दिन नेप्से परिसूचक ५१ दशमलव २३ अङ्कले घटेर २ हजार ४ सय ७ मा पुगेको छ। 

सेन्सेटिभ सूचक ४३५ बिन्दुमा झरेको छ।  २ सय ११ कम्पनीका ९९ लाख ३ हजार ७ सय ४ कित्ता सेयर किनबेच भएको थियो। ४ अर्ब ९५ करोड २७ लाख २२ हजार १ सय ९५ रुपैयाँ मात्र कारोबार भएको छ।

जीवन बिमा समूहको सूचक सर्वाधिक ४५३ अङ्कले घट्यो। निर्जीवन बिमा समूहको सूचक ३ सय ७४ अङ्क तथा व्यापार समूहको सूचक २ सय १३ अङ्कले घटेको छ। लघु वित्त, उत्पादन र अन्य समूहको सूचक पनि ९० अङ्क भन्दा धेरैले घट्यो।

चन्द्रागिरि हिल्स, माथिल्लो तामाकोसी, पञ्चकन्या माई हाइड्रो, घलेम्दी हाइड्रो र रैराङ हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढ्यो।

चैत १, २०७७ आइतबार १७:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।