‘सी’ डिभिजन फुटबल सुरु, उद्घाटन खेलमा खालीबारी विजयी

काठमाडौं : सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबल प्रतियोगिता आजबाट सुरु भएको छ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको उद्घाटन खेलमा खालीबारी युथ क्लबले जित हासिल गरेको छ। उसले झापा एफसीलाई २–१ ले पराजित गरेको हो।
खालीबारीलाई जित दिलाउन विपिन कँडेल र सुदीप केसीले समान १ गोल गरे। झापाका तर्फबाट सरोज दोर्जी कार्कीले १ गोल गरे।
खेलको ३३ औं मिनेटमा सरोजले गोल गर्दै झापालाई अग्रता दिलाएका थिए। त्यसको १ मिनेट बित्न नपाउँदै खालीबारीले बराबरी गोल फर्कायो। खेलको ३४ औं मिनेटमा विपिनले गोल गरे।
त्यसपछि खेलको ७२ औं मिनेटमा सुदीपले गोल गर्दै खालीबारीलाई २–१ को जित दिलाए।
जितसँगै खालीबारीले ३ अंक जोडेको छ।
१४ टिम सहभागी प्रतियोगिताका टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। तीमध्ये लिग चरणका शीर्ष ३ टोली सुपर सिक्स चरणमा पुग्ने छन्। र, सुपर सिक्सका शीर्ष ३ टोली ‘बी’ डिभिजनमा बढुवा हुनेछन्।
यस्तै समूहको पुछारका दुई टोलीले ‘प्ले अफ’ खेल खेल्नेछ। र, त्यसमा पराजित हुने टोली रेलिगेसनमा पर्नेछ।
चैत १, २०७७ आइतबार १६:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।