फुलहाममाथि म्यानचेस्टरको सहज जित

काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले पुछारबाट तेस्रो स्थानमा रहेको फुलहाममाथि सहज जित निकालेको छ।
शनिबार राति भएको खेलमा सिटीले फुलहामलाई ३–० गोलको अन्तरले पराजित गरेको हो। सिटीका लागि जोन स्टोन्सले खेलको ४७ औं मिनेटमा गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाए। त्यसको ९ मिनेटपछि गाब्रियल जेससले गोल थप्दै टोलीको अग्रता दोब्बर बनाए। खेलको अन्तिम गोल सेरजिओ अगुरियोले गरे। उनले खेलको ६० औं मिनेटमा गोल गरे।
जितसँगै सिटीले ३० खेलबाट ७१ अंक बटुलेको छ। फुलहामको भने २९ खेलबाट २६ अंक मात्रै छ।
यस्तै, गएराति सम्पन्न अर्काे खेलमा बर्नलीले एभर्टनलाई २–१ र क्रिस्टल प्यालेसले वेस्ट ब्रुमलाई १–० गोलले पराजित गरेको छ। यसैगरी, लिड्स युनाइटेड र चेल्सीबीचको खेल बराबरी भएको छ।
चैत १, २०७७ आइतबार ०८:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।