फोर्डको ईकोस्पोर्ट एसई गाडी बजारमा

काठमाडौँ : नेपालका लागि फोर्ड गाडीका आधिकारिक विक्रेता जि.ओ.अटोमोवाईल्सले विश्वस्तरीय डिजाइनको फोर्डको ईकोस्पोर्ट एसई गाडी बजारमा ल्याएको छ।
४७ लाख ५० हजार पेट्रोल भेरियन्ट मूल्य निर्धारण गरिएको एसई खरिद गर्दा पछाडि राखिएको जगेडा चक्का सहित वा बाहेक दुवै विकल्प छनोट गर्ने सुविधा रहेको जनाएको छ।
जि.ओ. अटोमोवाइल्सले ईकोस्पोर्ट एसई संस्करणमा केही मिनेटमै गाडी पन्चर मर्मत गर्न सहयोग पुर्याउने पन्चर किट राखिएको उल्लेख गरेको छ। जि.ओ.का अनुसार फोर्ड ईकोस्पोर्ट एसई संस्करणमा सिङ्क–३ सूचना र मनोरञ्जन प्रणालीका साथ सनरुफ रहनेछ।
‘ग्राहकहरू धेरै भन्दा धेरै विश्वव्यापी डिजाइन बेन्चमार्कलाई पछ्याउँदै र भिन्न एवं अद्धितिय वस्तुको चाहना राख्छन्, जस्तो कि ईकोस्पोर्ट,’ फोर्ड इन्डियाका कार्यकारी निर्देशक विनय रैनाले भने, ‘फोर्ड ईकोस्पोर्ट एसई आरामदायी हुनुको साथै यसमा प्रयोग गरिएको अभूतपूर्व सुरक्षाको व्यवस्था र सिङ्क–३ जस्तो सबैभन्दा राम्रो प्रविधिले यसको विरासतलाई अझ उचाइमा पुर्याउनेछ।’
फागुन २८, २०७७ शुक्रबार १०:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।