सिभिल बैङ्कको चार वटा कर कार्यालयमा एक्सटेन्सन काउन्टर

काठमाडौँ : सिभिल बैङ्कले ७४ अर्ब रुपैयाँ कर्जा लगानी गरेको जनाएको छ। हालसम्म करिब ८१ अर्ब रुपैयाँ भन्दा बढी निक्षेप परिचालन गरेको बैङ्कले जनाएको छ।
बैङ्कका अनुसार ११४ वटा शाखाहरू मार्फत पाँच लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ। उसले सरकारको कर तथा राजश्व सङ्कलन गर्ने ४ सहित ७ एक्सटेन्सन काउन्टर सञ्चालनमा रहेको जनाएको छ।
भरखरै बैङ्कले मोरङ जिल्ला, सुन्दरहरैचा नगरपालिका वडा नं ९, करदाता सेवा कार्यालय, विराटचोकमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।
अब त्यस क्षेत्रका सेवाग्राहीले आन्तरिक राजश्व विभागसँग सम्बन्धित करको भुक्तानी सिभिल बैङ्कको एक्सटेन्सन काउन्टर मार्फत सजिलैसँग गर्न सक्ने विश्वास लिएको बैङ्कले उल्लेख गरेको छ।
फागुन २८, २०७७ शुक्रबार १०:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।