सेयर बजारमा ४ अर्बको कारोवार

सेयर बजारमा ४ अर्बको कारोवार

काठमाडौं : नेपाल स्टक एक्चेन्ज नेप्से ३ अंकले घटेको छ। बुधवारको सेयर कारोवार बन्द हुँदा नेप्सेमा ३.४० अंकको गिरावट आएको हो। 

नेप्से परिसूचक ०.१४ प्रतिशतले घटेर २ हजार ४५८ कायम भएको छ। २०५ कम्पनिका ७८ लाख १६ हजार ८७४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १० करोड ४० लाख ६ हजारको कारोवार भएको छ। 

फागुन २६, २०७७ बुधबार १५:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।