सिद्धार्थ उद्योग वाणिज्य संघमा न्यौपाने 

सिद्धार्थ उद्योग वाणिज्य संघमा न्यौपाने 

भैरहवा : सिद्धार्थ उद्योग वाणिज्य संघ, रूपन्देहीको अध्यक्षमा भीष्मप्रसाद न्यौपाने ‘सर्वज्ञ’ चयन भएका छन्। 

उद्योग वाणिज्य संघको ६२ औं साधारणसभा तथा अधिवेशनले न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा ठाकुरकुमार श्रेष्ठ, कर्पोरेट उपाध्यक्षमा अरूणकुमार गोयनका, उद्योग उपाध्यक्षमा दिलीपकुमार कान्दु, वाणिज्य उपाध्यक्षमा नेत्रप्रसाद आचार्य, महासचिवमा विजय पाण्डे, सचिवमा दीपेन्द्र प्रधान र कोषाध्यक्षमा गोविन्द ज्ञवाली निर्विरोध निर्वाचित भएका छन्। 

यस्तै, कर्पोरेट सदस्यमा रोहितकुमार अग्रवाल र विकासकुमार गोयनका, वस्तुगत सदस्यमा कृष्णप्रसाद घिमिरे र वाणिज्यतर्फ (महिला) सदस्यमा यमकला न्यौपाने निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद गौडेलले बताए।

यसैगरी, वाणिज्यतर्फको सदस्यमा संजयकुमार बेरिवाल (१०६०), प्रितम रौनियार (१०५८), प्रमोद रिजाल (१०४६), अर्जुन कार्की (१०२५), धर्मवीर शर्मा (१००७), कमलप्रसाद मरासिनी (९४९), गोपाल भण्डारी (८६४), गौरव श्रेष्ठ (८४०), अभिनव मयुर कसौधन (८३७) र हरिश सेठिया (८३५) विजयी भएका छन्। 

वाणिज्यतर्फ १० जना सदस्यको पदका लागि १९ जनाले उम्मेदवारी दिएका थिए। 

यस्तै, उद्योगतर्फको सदस्यमा मंगल भण्डारी (१२८८), रमेश घिमिरे (९५०), रचना क्षेत्री (८०८), भुवनकुमार कान्दु (७५१) र हरिबहादुर थापा (७३९) मत प्राप्त गरी निर्वाचित भएका छन्। 

उद्योगतर्फ ५ जना सदस्यको लागि ११ जनाले उम्मेदवारी दिएका थिए। 

यसैगरी, उद्योगतर्फ (महिला) सदस्यमा पल्लवी न्यौपाने (६५१) विजयी भएकी छन्। यो पदका लागि चारजनाले उम्मेदवारी दिएका थिए। 

१ हजार ९ सय ४ मतदाता रहेको निर्वाचनमा १ हजार ५ सय ६५ मत खसेको मुख्य निर्वाचन अधिकृत गौडेलले जानकारी दिए।

नवनिर्वाचित अध्यक्ष न्यौपानेले संघलाई अझै उचाइमा पुर्याउने बताए। उनले उद्योगी व्यावसायीको समस्या समाधानका लागि पहल गर्ने बताए। 
 

फागुन २५, २०७७ मंगलबार १७:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।