बार्सिलोनाले ओसासुनालाई हरायो

म्याड्रिड : स्पेनी ला लिगामा बार्सिलोनाले ओसासुनालाई हराएको छ। शनिबार सम्पन्न खेलमा बार्सिलोनाले ओसासुनालाई २–० ले पराजित गरेको हो।
टोलीका लागि जोर्डी अल्बा र १८ वर्षीय इलिक्स मोरिबा समान १ गोल गरे। दुवैलाई स्टार फरवार्ड लियोनल मेसीले पास मिलाएका थिए।
जितसँगै बार्सिलोनाले लिगको अंकतालिकामा शीर्ष स्थानको एटलेटिको म्याड्रिडसँगको अंकदूरी घटाएको छ।
बार्सिलोनाको अब २६ खेलबाट ५६ अंक भएको छ। एटलेटिको म्याड्रिडको भने २४ खेलबाट ५८ अंक छ।
शनिबारका अन्य खेलमा रियल भालाडोलिडले गेटाफेलाई २–१, एल्चेले सेभियालाई २–१ र काडिजले आइबरलाई १–० ले पराजित गरे।
एजेन्सी
फागुन २३, २०७७ आइतबार ०९:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।