सुनको भाउ तोलामा १ हजार रूपैयाँ घट्यो

काठमाडौँ : सुनको भाउ तोलामा १ हजार रूपैयाँले घटेको छ।
बुधबार ताेलाकाे ८७ हजार ५ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज बिहीबार १ हजार रूपैयाँले घटेर ८६ हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
यस्तै तेजाबी सुनको मूल्य पनि तोलामा १ हजार रूपैयाँले घटेर ८६ हजार ५० रूपैयाँ कायम भएको छ।
चाँदी भने तोलामा ३० रूपैयाँ मात्रै घटेको छ। बुधवार १ हजार ३ सय १५ रूपैयाँमा कारोबार भएको चाँदीकाे मूल्य बिहीबार १ हजार २ सय ८५ रूपैयाँ कायम भएको महासङ्घले जनाएको छ।
फागुन २०, २०७७ बिहीबार १२:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।