रूपन्देही सुपर लिग क्रिकेट : जिआर क्रिकेट क्लब विजयी

भैरहवा : रूपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा जिआर क्रिकेट क्लब विजयी भएको छ।
भैरहवास्थित सिद्धार्थ रंगशालामा आज (मंगलबार) सम्पन्न डिभिजन ‘ए’अन्तर्गतको खेलमा जिआरले देवदह क्रिकेट युनिटलाई ७ विकेटले पराजित गरेको हो।
११३ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङ थालेको जिआरले १९.१ ओभरमा ३ विकेट क्षतिमा लक्ष्य पूरा गर्याे।
उसका लागि राजवीर सिंहले अविजित रहँदै ४३ रन बनाए। यस्तै, विशाल भुसाल १९ रनमा अविजित रहे। यसैगरी, सन्दीप सुनारले २२ रन जोडे।
बलिङमा देवदहका दीपक श्रेष्ठ, अर्जुन रायमाझी र सुरज खड्काले समान १–१ विकेट लिए।
त्यसअघि टस जितेर ब्याटिङ थालेको देवदहले निर्धारित ५० ओभरमा ३१.४ ओभर खेलेर ११२ रनमा समेटिएको थियो।
उसका लागि विक्की कार्कीले ३२, अर्जुन रायमाझीले २५ र शुभम ढकालले २० रन बनाएका थिए।
बलिङमा जिआरका नितेश थापाले सर्वाधिक ५ विकेट लिएका थिए। खेलको म्यान अफ द म्याचसमेत रहेका उनले ८ ओभर बलिङ गर्दै ३३ रन खर्चिएका थिए।
यस्तै, सिद्धान्तराज शाहीले २ तथा धीरज शाही र शौरभ खनालले समान १–१ विकेट लिएका थिए।
फागुन १८, २०७७ मंगलबार १७:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।