मध्यपुर युथसँग श्रीकुमारी पराजित 

मध्यपुर युथसँग श्रीकुमारी पराजित 
मध्यपुर युथ एसोसियसनको फुटबल टोली।

काठमाडौं : सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा मध्यपुर युथ एसोसिएसनले जित हासिल गरेको छ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज (मंगलबार) भएको खेलमा मध्यपुरले श्री कुमारी क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो। 

मध्यपुरका लागि कैलाश लामिछाने खत्री र धीरज श्रेष्ठले १–१ गोल गरे। खत्रीले खेलको ४५ औं मिनेटमा र श्रेष्ठले ४८ औं मिनेटमा गोल गरे।

यता श्री कुमारीका आशिष राईको नाममा पनि १ गोल रह्यो। उनले खेलको ४० औं मिनेटमा गोल गरे। 

जितसँगै लिगको अंकतालिकामा नवौं स्थानमा उक्लिएको मध्यपुरले ८ खेलबाट ७ अंक जोडेको छ। जारी प्रतियोगितामा मध्यपुरको यो दोस्रो जित हो। 

श्री कुमारी भने ८ खेलबाट ७ अंक जोडेर आठौं स्थानमा छ।

फागुन १८, २०७७ मंगलबार १७:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।