सुनको भाउ तोलाको ८७ हजार

सुनको भाउ तोलाको ८७ हजार

काठमाडौँ : सुनको भाउ घटेको छ। तोलामा १७ सय रुपैयाँले घटेर सुनको भाउ ८७ हजार रुपैयाँ कायम भएको छ।

सोमबार छापावाल सुनको मूल्य ८८ हजार ७ सय रुपैयाँ कायम भएको थियो। 

यस्तै तेजाबी सुनको मूल्य ८६ हजार ५५० रुपैयाँ कायम भएको छ। चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँले घटेको छ। मङ्गलवार चाँदी तोलाको १२९० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

फागुन १८, २०७७ मंगलबार ११:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।