रूपन्देही सुपर लिग क्रिकेट : बुद्ध क्रिकेट क्लब सेमिफाइनलमा

रूपन्देही सुपर लिग क्रिकेट : बुद्ध क्रिकेट क्लब सेमिफाइनलमा

भैरहवा : रूपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा बुद्ध क्रिकेट क्लब सेमिफाइनलमा पुगेको छ। 

भैरहवाको सिद्धार्थ रंगशालामा आज (सोमबार) भएको डिभिजन ‘ए’को खेलमा बुद्ध क्रिकेट क्लब बुटवल–११ लाई ७ रनले पराजित गर्दै अन्तिम चारमा पुगेको हो। 

२ सय रनको लक्ष्य पछ्याउँदै ब्याटिङ थालेको बुटवल–११ ले ४४.२ ओभरमा १ सय ९२ रनमा समेटिएको थियो। उसका लागि सोनु तामाङले ४८, हिमाल पुनले ४३, इशान पाण्डेले २५ र तौसिफ आलमले २१ रन बनाए। 

बलिङतर्फ बुद्ध क्रिकेट क्लबका अमित अग्रहरीले सर्वाधिक ३ विकेट लिए। यस्तै, रूपेश कुर्मी र अजय त्रिपाठीले समान २ विकेट लिँदा विपिन खत्री र रिजन प्रजुको नाममा १–१ विकेट रह्यो। 

त्यसअघि टस जितेर ब्याटिङ गरेको बुद्ध क्रिकेट क्लबले निर्धारित ५० ओभरमा ४७.२ ओभरमा १९९ रनमा अलआउट भयो। 

उसका लागि रिजन प्रजुले सर्वाधिक ३५ रन जोडे। यस्तै, निखिलेश यादवले २९, अमित अग्रहरीले २४ र निखिल यादवले १५ रनको योगदान दिए। 

बलिङतर्फ बुटवल–११ का सुधन श्रेष्ठ र प्रकाश केसीले समान ३ विकेट लिए। यस्तै, इशान पाण्डेले २ तथा एजाज आलम र तौसिफ आलमले १–१ खेलाडीलाई पेवेलियन फर्काए। 

खेलको म्यान अफ दि म्याच अमित अग्रहरी म्यान अफ द म्याच भएको आयोजक रूपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले जानकारी दिए।
 

फागुन १७, २०७७ सोमबार १८:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।