सुनको भाउ तोलाको ८८ हजार ७ सय

काठमाडौँ : सुनको भाउ बढेर तोलाको ८८ हजार ७ सय रुपैयाँ पुगेको छ।
आइतबार हिजो ८८ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज सोमबार तोलामा ४ सय रुपैयाँले बढेर ८८ हजार ७ सय रुपैयाँ कायम भएको हो।
तेजाबी सुनको मूल्य तोलाको ८८ हजार २५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। महासङ्घका अनुसार चाँदीको भाउ तोलाको १३३० कायम भएको छ।
फागुन १७, २०७७ सोमबार ११:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।