६ दिनयता सुनको भाउ ओरालो, तोलामा १ हजार ८ सय घट्यो

६ दिनयता सुनको भाउ ओरालो, तोलामा १ हजार ८ सय घट्यो

काठमाडौं : नेपाली बजारमा पछिल्लो ६ दिनयता सुनको भाउ ओरालो लागेको छ। 

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार गत मंगलबारयता सुन प्रतितोला १ हजार ८ सय रूपैयाँ घटिसकेको छ। 

गत मंगलबार प्रतितोला ९० हजार १ सय रूपैयाँ कायम भएको छापावाल सुन आज (आइतबार) ८८ हजार ३ सय रूपैयाँ तोकिएको छ। 

सुनचाँदी व्यावसायी महासंघका अनुसार गत बुधबार छापावाल सुन प्रतितोला ३ सय रूपैयाँ घटेर ८९ हजार ८ सय पुगेको थियो। बिहीबार तोलामा ५ सय रूपैयाँ घटेर ८९ हजार ३ सय पुगेको छापावाल सुन शुक्रबार ८८ हजार ८ सय कायम भएको थियो। 

शनिबार भने सुनको मूल्य निर्धारण गरिँदैन। 

गत मंगलबार तोलाको ८९ हजार ६ सय ५० रूपैयाँ कायम भएको तेजाबी सुन ८७ हजार ८ सय ५० रूपैयाँमा किनबेच भइरहेको सुनचाँदी व्यावसायी महासंघले जनाएको छ। 

फागुन १६, २०७७ आइतबार १२:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।